धरौटीमा छुटे समताका सञ्चालक उत्तम सञ्जेल - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

धरौटीमा छुटे समताका सञ्चालक उत्तम सञ्जेल

काठमाडौँ, २ साउन : कर्मचारी हत्याको आरोपमा पक्राउ परेका उत्तम सञ्जेल धरौटीमा छुट्नुभएको छ । १०० रुपैयाँमा शिक्षा दिन सकिन्छ भन्ने अभियानका साथ समता स्कुल चलाएर चर्चामा आउनुभएका सञ्जेल आफ्नै अस्पतालमा कार्यरत एक कर्मचारीको हत्या आरोपमा पक्राउ पर्नुभएको थियो ।

मृतकका आफन्तले सञ्जेल परिवारमाथि नै आरोप लगाएपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हिरासतमा रहनुभएका उहाँलाई जिल्ला अदालत काठमाडौंले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । सञ्जेलकी पत्नी कला पनि ३ लाख रुपैयाँकै धरौटीमा छुट्नुभएको छ । पर्याप्त प्रमाण नभएपछि उहांहरु धरौटीमा छुट्नुभएको हो। 

समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङ असार ३ मा झुन्डिएको अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.