प्रयोग गर्न नजाने परफ्युमबाट फाइदाको साटो घाटामात्र पुर्‍याउने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

प्रयोग गर्न नजाने परफ्युमबाट फाइदाको साटो घाटामात्र पुर्‍याउने

शरीरबाट आउने पसिनाले दुर्गन्धित बन्ने शरीरलाई सुगन्ध भर्न प्रयोग गरिने परफ्युम प्रयोगमा ध्यान नदिए त्यसले हामीलाई फाइदाको साटो घाटामात्र पुर्‍याउने गर्दछ ।

परफ्युमले मानिसलाई गन्धरहित बनाएपनि यसको जथाभावी प्रयोगले शरीरमा असर गर्न सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ ।

हातमा लगाएर रगडेर परफ्युमको प्रयोग गर्दा बास्नामा कमी आउनका साथै लामो समयसम्म नटिक्न सक्छ । त्यसैले यो काममा सावधानी अपनाउन जरुरी छ । त्यस्तै कपडा र गहनामा परफ्युम लगाउने गर्नु भएको छ भने आजैबाट त्यो बानी सुधार गर्नुहोस् । कपडा वा गहनामा परफ्युमको प्रयोग गर्नाले त्यसले सुगन्धको ठाउँमा दुर्गन्ध बढाउँछ अनि कपडा र गहना नै बिग्रन्छ ।

परफ्युमको प्रयोग काखीमुनि नगर्नु नै राम्रो मानिन्छ । प्रयोग भएमा एलर्जी हुने, चिलाउने र पोल्ने समस्या उत्पन्न हुन्छ । कानको पछाडि परफ्युमको प्रयोग गर्दा पनि समस्या हुने गरेको पाइएको छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाउँछ । जसले कानमा समस्या देखिन सक्छ ।

त्यसैगरि कपालमा परफ्युमको प्रयोग भए झर्ने सम्भावना बढ्ने गरेको छ । कतिपय मानिसहरूले कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो गर्नु कपालको लागि खतरनाक साबित हुन सक्दछ । परफ्युममा अल्कोहल मिसिएको हुन्छ जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गदछ ।

त्यसैले शरीरलाई वास्नादार बनाउनका लागि प्रयोग गरिने परफ्युममा ध्यान दिएर शरीरका संवेदशील अंगमा यसको प्रयोग गर्नु हुँदैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.