इरानले कुनै पनि हालतमा तेल निर्यात नराेक्ने - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

इरानले कुनै पनि हालतमा तेल निर्यात नराेक्ने

काठमाडौँ, २९ असार : इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले कुनै हालतमा पनि इरानले तेल निर्यात नराेक्ने बताएका छन् । 

बेलायती विदेशमन्त्री जेरेमी हन्टसँग फोनमा कुरा गर्दै इरानी विदेशमन्त्री जरिफले तेल निर्यात नरोक्ने बताएको इरानी विदेश मन्त्रालयले निकालेका विज्ञप्तिमा भनिएको छ । 

इरानी विदेशमन्त्री जरिफले गएको हप्ता जिब्राल्टरबाट बेलायतले नियन्त्रणमा लिएको तेलको ट्याङकर वैध तरिकाबाट नै गैरहेको बताउनुभयाे । साथै उहाँले बेलायतले नियन्त्रणमा लिएको तेलको ट्याङकर छोड्न जोड दिनुभयाे । 

यता बेलायती विदेशमन्त्री हन्टले नियन्त्रणमा लिइएको तेलको ट्याङकर जिब्राल्टरको अदालती प्रक्रिया पूरा भएपछि मात्र छोड्ने बताउँदै नियन्त्रणमा लिइएको तेलको ट्याङकर सिरिया नजाने बताउनुभएकाे छ । 

गएको जुलाई ४ तारिखमा तेलको ट्याङकरले यूरोपियन युनियनको प्रतिबन्ध तोडेको भन्दै बेलायतले नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.