अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या

टोकियो, २५ असार : जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ । 

जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन्।  

सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६.३ प्रतिशतले कामका शिलशिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएका प्रतिवेदनमा उल्लेख छ । उनीहरूले काम र उपचारको सञ्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताहरुले जनाएका छन् । 


तर सर्वेक्षणमा सहभागी मध्ये ८४.५ प्रतिशतले कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए । 


अहिले काम नगरिरहेकाहरु मध्ये ६४.२ प्रतिशतले पनि आफुहरु काम गर्न चाहिरहेको बताएका थिए ।

श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा एक हजार जना सहभागी भएका थिए । ती मध्ये ६६४ जना काम गरिरहेका थिए, २६८ जनाले काम छाडिसकेका थिए भने ६८ जना काम छाड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरु २० देखि ६४ बर्ष उमेर समूहका नागरिक थिए । (रासस/सिन्ह्वा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.