यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 July 2019

यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते

धादिङ, ६ साउन : पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । 

चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.