परीक्षणका लागि भारतबाट पाइपलाइनमार्फत इन्धन पठाइयो - pharaksandesh.com

मुख्य समाचार


Friday, 19 July 2019

परीक्षणका लागि भारतबाट पाइपलाइनमार्फत इन्धन पठाइयो

बारा, ३ साउन : भारतबाट परीक्षणको रुपमा पाइपलाइनमार्फत पठाइएको इन्धन शुक्रबार दिउँसो बाराको अमलेखगञ्ज आइपुग्ने भएको छ । 

परीक्षणका लागि बिहीबार पाइपलाइनमा भारतको मोतिहारीबाट एक सय ५० किलो लिटर डिजेल पठाइएको थियो । पाइपलाइनमा भएको हावाको चाप निकाल्न डिजेलभन्दा अघि एकसय ५० किलो लिटर पानी पनि पठाइएको थियो । पाइपबाट अहिले थोपाथोपा पानी र हावा बाहिर निस्कन थालेको नेपाल आयल निगमको इञ्जिनियर शरद पौडेलले जानकारी दिनुभयो ।

परीक्षणको रुपमा आउने इन्धन जम्मा गर्न एउटा टयांकी सफा गरी तयारी अवस्थामा राखिएको छ । परीक्षण जाँचका लागि भारतीय आयल निगमका १५ जना प्राविधिकको टोली अमलेखगञ्ज आयल निगमको डिपोमा काम गरिरहेका छन् ।

परीक्षण सफल भएपछि दुई देशका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेर पाइपलाइनबाट औपचारिक रुपमा इन्धन ल्याउने काम सुरु गरिने आयल निगमले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.