विदेशमा पढेर स्वदेश फर्क : डा भट्टराई - pharaksandesh.com

मुख्य समाचार


Thursday, 11 July 2019

विदेशमा पढेर स्वदेश फर्क : डा भट्टराई

काठमाडौँ, २६ असार : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर सिकेको सीप उपयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा १३औँ क्यान शैक्षिक मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीलाई यस्ता मेला निकै उपयोगी हुने बताउनुभयो । 

कार्यक्रममा ब्रिटिश काउन्सिलका डेपुटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सचेत भएर जान आग्रह गर्नुभयो । इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरेको र पहिलो दिन करीब ६० हजारले अवलोकन गरेको जानकारी दिनुभयो । मेला यही असार २९ गतेसम्म चल्नेछ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.