लहान, ३ साउन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गर्नुभयो । पीडितको अवस्था बुझ्न यहाँ आउनुभएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिनुभयो ।
उहाँले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभयो । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको र बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो ।(रासस)

No comments:
Post a Comment