काठमाडौँ : बलिउडबाट हलिउडमा पाइला चालेकी नायिका प्रियंका चोपडा अहिले आफ्ना श्रीमान्सँग रमाइरहेकी छिन् । उनी पति निक जोनससँग होलिडेमा रमाइरहेकी छिन् ।
नायिका चोपडाले स्विमिङ पूलमा रमाउँदै गरेका तस्वीर राखेर हंगामा मच्चाएकी छिन् । प्रियंकाका अनुसार, यी सबै तस्वीर उनका श्रीमान् निकले नै खिचेका हुन् ।
प्रियंकाका यी तस्वीरलाई लिएर केही ट्रोल पनि बनिरहेको छ ।
उनले बिहेपछि एक बलिउड चलचित्रमा काम गरेकी छिन् । कहिलेकाही मिडियामा निक र प्रियंकाको डिभोर्स हुन लागेको खबर पनि बाहिरिने गरेको छ । तर, यो जोडीलाई यस्ता कुराले कुनै पनि खालको असर परेको छैन ।




No comments:
Post a Comment