तीन दिनदेखि हवाईसेवा अवरुद्ध - pharaksandesh.com

मुख्य समाचार


Saturday, 13 July 2019

तीन दिनदेखि हवाईसेवा अवरुद्ध

रारा, २८ असार : तीन दिनदेखि परेको पानीका कारण मुगुको छायाँनाथ रारा नगरपालिका–४ स्थित रारा विमानस्थलमा हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । 

नेपालगञ्जदेखि रारा विमानस्थलका लागि निजी विमान कम्पनीका जहाजले उडान भर्न सकेका छैनन् । उडान भर्न नसक्दा नेपालगञ्जदेखि रारा तथा रारादेखि नेपालगञ्ज जाने यात्रु अलपत्र परेका छन् । उनीहरु तीन दिनदेखि दिनभर विमानस्थलमै बस्ने गरेका छन् । नेपालगञ्जदेखि मुगुका लागि तारा, सीता र गोमा एयरलाइन्सले दैनिक दुईदेखि तीन पटकसम्म उडान भर्ने गरेका थिए । 

उडान हुन नसकेपछि यात्रु तीन दिनदेखि ताल्चास्थित होटलमा बास बस्न बाध्य छन् । मौसममा सुधार नआउँदासम्म हवाईसेवा सञ्चालनमा आउन नसक्ने रारा विमानस्थलस्थित सीता एयरलाइन्सका स्टेशन इञ्चार्ज शिवराज भामले बताउनुभयो । यात्रु मौसम सुधारको पर्खाइमा छन् ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.