वर्षाले सडक अवरुद्ध - pharaksandesh.com

मुख्य समाचार


Friday, 12 July 2019

वर्षाले सडक अवरुद्ध

चितवन, २७ असार : निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । यससँगै माडीका अन्य खोलाहरुमा पनि बाढी आएको छ । जसका कारण आवतजावत गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् । खोला बढेर आवागमन अवरुद्ध भएसँगै स्थानीय प्रभावित भएका छन् । खोलाहरु बढेपछि पानी खेतमा पस्न थालेको छ । जसले लगाइएको धानबाली प्रभावित बनाउने त्रास माडीवासीमा रहेको छ । निरन्तर वर्षासँगै यहाँका ठूला दुई नदी नारायणी र राप्तीको बहाव समेत बढेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.