पटक पटक शिलन्यास भए पनि ३४ बर्षसम्म बन्न सकेन सडक - pharaksandesh.com

मुख्य समाचार


Friday, 19 July 2019

पटक पटक शिलन्यास भए पनि ३४ बर्षसम्म बन्न सकेन सडक

विपिनगर, ३ साउन  : निर्माण सुरु भएको ३४ बर्षसम्म पनि सहजपुर–बोगटान सडकको अवस्था सुधार हुन सकेको छैन्। २०४२ सालमा पहिलो पटक शिलन्यास गरिएको सडक पटक पटक शिलन्यास हुने गरे पनि निर्माण सम्पन्न हुन सकेको छैन। 

सडक अन्तरगत सहजपुर–विपिनगर खण्डमा बर्षात सुरु भएसंगै आवतजावत गर्नै मुस्किल हुन थालेको छ। सडक खण्ड हिलाम्य भएपछि जोखिम मोलेर सवारी सञ्चालन भईरहेका छन्।

सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा झण्डै ४० किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकाले स्तरवृद्धीको काम समेत प्रभावित भएको निर्माणको जिम्मा पाएको पीआरएल कुमार जेभीले बताएको छ । 

५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएपनि ४० किलोमिटर क्षेत्र वनमा पर्ने र वातावरणीय प्रभाव मुल्याङकन समेत तयार नहुँदा सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेशका लागि प्रक्रिया समेत अगाडी बढेको छैन्। 

२ अर्व ५ करोड बढिमा ठेक्का सम्झौता भएको यस सडकको पटक–पटक शिलन्यास भए पनि निर्माण सम्पन्न हुन सकेको छैन। 



No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.