सुनसरी, २६ असार : अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो ।
सप्तकोशीमा बिहीबार बिहान१० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९०० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो ।
सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

No comments:
Post a Comment