धरान, २८ असार : सप्तकोशी नदीको बहाब बढेर खतराको तह पार गरेको छ । मापन अनुसार नदिमा पानीको बहाब ३ लाख ३८ हजार ८ सय ९० क्युसेक प्रतिसेकेण्ड पुग्यो । नदीले खतराको तह पार गरेसँगै ५६ ढोका मध्ये ४१ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताउनुभयो।
हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जानकारी दिएकाे छ। पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । आज दिउँसो प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोशी व्यारेज तथा सुनसरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले कोशी व्यारेज क्षेत्रको अवलोकन गरेका हुन ।

No comments:
Post a Comment