![]() |
| शशी श्रेष्ठ |
हेलो कार्ल्सबर्ग!
तिमी मलाई खोजी-खोजी किन आयौ ?
म त चुपचाप बसेकै थिएँ...
आफैँ मगमा भरिएर, खोज्दै आयौ तिमी
म बसेको सिटसम्म।
कैयौं ओठहरु थिए त्यहाँ,
अनगिन्ती आँखाहरु पनि भेटेकै थियौ
तर
मलाई नै किन रोज्यौ तिमीले ?
म र पुरुषबीच के समानता देख्यौ
र तिमी यहाँ आयौ ?
ती तमाम निर्दयी लोग्नेमान्छेझैं नठान मलाई,
औंलाले छुन नपाएपनि आँखाले छेड्नेहरु,
एसिड बोकि बाटो ढुक्ने ति प्रेमिल मुहारहरू
बग्रेल्ती भेटिन्छन् यहाँ....
बिन्ती छ कार्ल्सबर्ग ,
तिमी मेरो, मात्र एउटा कुरा मानिदेऊ,
जाऊ,
ती घृणित पुरुषहरुका नसा-नसामा पस तिमी।
मातेर तिनीहरू ढलेपछि
बेहोसीमा कराउन लाग्छन् जब ,
सबै लुटिएका निर्मलाहरु
चिहानबाट उठि आउनेछन्।
अनि
सङ्खघोष गर्दै ,
भोलिको उषासँगै
ती बलात्कारीको मलामी जानु छ मलाई।
त्यसैले,
मेरो सामुन्ने नआऊ तिमी कार्ल्सबर्ग,

No comments:
Post a Comment