झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने कारागार चलान - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने कारागार चलान

ताप्लेजुङ, ७ साउन : झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनालाई कारागार चलान गरिएको छ । गत असार १० गते झुटो विवरण पेश गरी नागरिकता लिन खोज्दा पक्राउ परेका भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागार्इं र झापाको दमक निवासी ३४ वर्षीय भीमबहादुर चौलागार्इंलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नाताले भतिजा पर्ने र भारतीय नागरिकता लिई सकेका राजुलाई भीमले आफ्ना भाई हुन् भनेर नागरिकता दिलाउन खोजेको पाइएपछि उनीहरु दुवै जना जिल्ला प्रशासन कार्यालय परिसरबाटै पक्राउ परेका थिए । पहिले नेपालबाटै भारत गएका राजुले भने उतैको नागरिकता लिइसकेको पाइएको प्रहरीको भनाइ छ । 

“बाबु बाजेकै पालादेखि उतै बस्दै आएका राजुले भारतकै नागरिकता लिइसकेका रहेछन्, फेरी नेपालको समेत नागरिकता लिनका लागि झुटो विवरणसहित जिल्ला प्रशासन कार्यालयमा आएका उनीहरुले कार्यालयले विवरण लिने क्रममा फरक फरक कुरा गरेपछि त्यहीबाट पक्राउ परेका थिए”, प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भन्नुभयो । प्रहरीद्वारा अनुसन्धान पूरा भएपछि जिल्ला अदालतले कारागार चलान गरेको बताइएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.