शेयर बजार : साताको पहिलो दिन नै परिसूचक घट्यो - pharaksandesh.com

मुख्य समाचार


Sunday, 21 July 2019

शेयर बजार : साताको पहिलो दिन नै परिसूचक घट्यो

काठमाडौँ, ५ साउन : साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको् मात्रै शेयर वृद्धि भएको छ । त्यसमा वित्त ०.८४ र अन्य २.८३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ २.९५, होटल १४.४८, विकास बैंक ९.२७, जलविद्युत् ९.६७, निर्जीवन बीमा १३.०५, उत्पादन ३०.६, लघुवित्त ०.१, जीवन बीमा ३७.३३, सामूहिक ०.०४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु एक करोड ५८ लाख ५६ हजार ६८५, नबिल बैंक रु एक करोड ५३ लाख ७३ हजार ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४६ लाख ८५ हजार १४९ र प्रभु बैंकको रु एक करोड २० लाख २५ हजार ४२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.५० प्रतिशतले कमाउदा मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच, माहुली सामुदायिक लघुवित्त ३.१० र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०६ प्रतिशतले कमाए । यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ताले ९.६४, दिव्यश्वरी हाइड्रोपावर ६.७५, नबिल इक्विटी फण्ड ४.०८ र नेशनल माइक्रोफाइनान्सका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.