शेयर बजारः परिसूचक बढ्यो - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

शेयर बजारः परिसूचक बढ्यो

काठमाडौँ, २४ असार : धितोपत्र बजारमा साताको शुरुआतदेखि नै ओरालो लागेको कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लागेको छ । उतारचढावका बीच आज नेप्से परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो ।

त्यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.२७ अङ्कले बढेर २६९.०६ मा पुग्यो ।

परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार आज १६५ कम्पनीका १६ लाख सात हजार ६७२ कित्ता शेयर रु ४६ करोड ८२ लाख ६३ हजार ७७० मा खरीद–बिक्री भए । कारोवार भएका ११ मध्ये सात उपसमूहको शेयर मात्र बढेको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ । बैंक ३.८७, विकास बैंक ४.१८, जलविद्युत् २.२४, वित्त ४.९४, उत्पादन ३.०८, अन्य १.२६ र जीवन बीमा २४.१२ अङ्कले बढ्दा होटल ५.६४, निर्जीवन बीमा ३७.०५, लघुवित्त ०.४१ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटे ।

स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको छ करोड दुई लाख ९८ हजार ९४ रुपैँया ३० पैसामा कारोवार भयो । यस्तै लक्ष्मी बैंकको रु चार करोड १३ लाख ३५ हजार २७७, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६८ लाख ११ हजार ८५३, एनआइसी एशिया बैंकको रु एक करोड ८९ लाख ५८ हजार ४२९ र मेगा बैंक नेपालको शेयर रु एक करोड ७० लाख ८८ हजार ९३० मा खरीद बिक्री भए ।

परिसूचक बढे पनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.२८ प्रशितले गुमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले ३.९२, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी ३.८४, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४ र एभरेष्ट इन्सुरेन्स कम्पनीका शेयरधनीले २.९६ प्रतिशतले गुमाए । इन्फिनिटी लघुवित्त वित्तीय लिमिटेडका शेयरधनीले ९.८५, मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड ८.००, राधी विद्युत् कम्पनी ७.१४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.९५ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले कमाए । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.