सर्पको डसाइबाट किशोरीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

सर्पको डसाइबाट किशोरीको मृत्यु

दुल्लु, २४ असार :  सर्पको डसाइबाट आज दैलेखमा एक किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–५ काशिकाँधकी १७ वर्षीया टीकाकुमारी शाहीको मृत्यु भएको हो । 

शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नारायण नगरपालिका–१ पुरानो बजारमा बस्दै आएकी शाहीलाई गए राति सुतिरहेको अवस्थामा सर्पले डसेको हो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.