वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 July 2019

वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन

वालिङ, ६ साउन :  स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ । नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो ।कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताउनुभयो । 

“वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको छ” उहाँले भन्नुभयो,“स्तनपान कक्ष स्थापना गर्नेमा वालिङ सम्भवत् जिल्लाकै पहिलो कार्यालय पनि हो ।”शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले तत्कालका लागि साधारण स्तनपान कक्ष स्थापना गरिएको र आगामी दिनमा यसलाई व्यवस्थित गर्दै लगिने जनाइएको छ । यो अभियानलाई आगामी दिनमा अन्य वडा कार्यालय परिसरमा पनि विस्तार गर्दै लगिने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यो कार्यको थालनीसँगै वालिङलाई महिलामैत्री, बालबालिकामैत्री र अपाङ्गतामैत्री नगरपालिकाको रुपमासमेत स्थापित गर्ने पहल भइरहेको बताउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.