मन्त्री पण्डितमाथि भएको अभद्र व्यवहारप्रति दुःख व्यक्त - pharaksandesh.com

मुख्य समाचार


Saturday, 13 July 2019

मन्त्री पण्डितमाथि भएको अभद्र व्यवहारप्रति दुःख व्यक्त

काठमाडौँ, २८ असार : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई लक्षित गर्दै भएको अभद्र व्यवहारप्रति दुःख व्यक्त गरेको छ । 

सञ्चालक परिषद्को १९औँ बैठकको समुद्घाटनका क्रममा शुक्रबार मन्त्री पण्डितमाथि प्रतिष्ठानसँग असम्बन्धित व्यक्तिले दुव्र्यवहार गरेको प्रतिष्ठानले जनाएको छ । उहाँ प्रतिष्ठानका सह–अध्यक्षसमेत हुनुहुन्छ । 

मन्त्री पण्डितले ‘नेपालको संविधानमा प्रत्याभूत भएका आदिवासी जनजाति, लोपोन्मुख र अतिसीमान्तकृतलगायत उत्पीडनमा परेका समुदायको हक अधिकारलाई सुनिश्चित गर्दै न्यायोचित माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको’ भन्ने भनाइ राखिरहँदा उहाँप्रति देखाइएको अलोकतान्त्रिक र अवाञ्छित गतिविधि लोकतान्त्रिक मूल्य मान्यताअनुरुप नभएको प्रतिष्ठानको ठहर छ । 

व्यवस्थापकीय असावधानीबस घटना हुन पुगेको र मन्त्री पण्डितमाथि पर्न गएको असरप्रति आत्मालोचना गर्ने निर्णय भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर रानाले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.