ठगी गर्ने महिला कारागार चलान - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

ठगी गर्ने महिला कारागार चलान

चिप्लेढुङ्गा, ३१ असार :  ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् । पोखराको अर्घौचोकमा बस्दै आएकी सरिताले ५० जनाभन्दा बढीबाट रु साढे दुई करोड ठगी गरेको आरोपमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीको इजलासले सो फैसला गरेको हो । 

पुर्पक्षका लागि थुनामा रहेकी सरितालाई रु साढे दुई करोड बिगो र सोही बमोजिमको जरिवाना गरी रु पाँच करोड भराउने फैसला गरिएको थियो । तर सरिताले सो जरिवाना तिर्न नसकेपछि जेल चलान गरिएको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले बताउनुभयो । 

आफन्त, छिमेकी, साथीभाइसँग विभिन्न बहानामा करोडौँ रकम लिएकी सरिताविरुद्ध विसं २०७५ माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । माघ ७ गते उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएर अनुसन्धान अगाडि बढाइएको थियो । 

माघ १० गते दर्ता भएको मुद्दामा माघको अन्तिम साता तत्कालीन मुख्य न्यायाधीश जीवनहरि अधिकारीको इजलासले उक्त धरौटी माग गरिएकामा तिर्न नसकेपछि उनलाई पुर्पक्षका लागि थुनामै राखिएको थियो । बैंकिङ कसुर मुद्दामा बिगो, बिगो बराबर जरिवाना र तीन महीनासम्म जेल सजाय हुनसक्ने व्यवस्था रहेको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.