विभिन्न पदका लागि कृषि विकास बैंकमा दरखास्त आव्हान (हेर्नुहाेस् विज्ञापन) - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

विभिन्न पदका लागि कृषि विकास बैंकमा दरखास्त आव्हान (हेर्नुहाेस् विज्ञापन)

काठमाडौँ, ३१ असार : कृषि विकास बैंक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ ।

बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर(आइटी) २० जना रहेका छन् ।

त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्। विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ ।

दरखास्त साउन २० गतेसम्म अनलाइनबाटै भर्न सकिने पनि बैंकले भनेको छ।

हेर्नुहाेस् विज्ञापन :

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.