यती एयरलाइन्सको विमान दुर्घटना ट¥यो,उडान अवरुद्ध - pharaksandesh.com

मुख्य समाचार


Friday, 12 July 2019

यती एयरलाइन्सको विमान दुर्घटना ट¥यो,उडान अवरुद्ध

काठमाडौँ, २७ असार : यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । 

यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

धावनमार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’तर्फ लैजाने प्रयास भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । त्यस कार्यमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायत खटिएको उहाँले बताउनुभयो ।

महाप्रबन्धक क्षेत्रीका अनुसार यतिको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ ।  (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.