काठमाडौँ, ८ जेठ : आज थप चारजना कोरोना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
करिब नौ दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ती चार जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
डिस्चार्ज हुनेमा २३ र २५ वर्षीया महिला तथा २७ र ३६ वर्षीय पुरुष रहेका छन् ।
No comments:
Post a Comment