ढाकाबाट १६९ जना भारतीयको उद्धार - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

ढाकाबाट १६९ जना भारतीयको उद्धार

ढाका, ६ जेठ : बंगलादेशमा अलपत्र परेका १६९ जना भारतीय नागरिकलाई एयर इन्डियाको बिमानबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा ११९ जना छात्रा छन् । उनीहरु सबै भारतको जम्मु काश्मिरका रहेका छन् । 

एयर इन्डियाको बिमानले उनीहरु सबैलाई मंगलबार अपराह्नसम्ममा श्रीनगर पु–याउने अपेक्षा गरिएको बंगलादेशका लागि भारतीय उच्चायुक्तको कार्यालयले जनाएको छ । 

विद्यार्थीहरुले बंगलादेश र भारत सरकारले संकटका समयमा आफूहरुलाई सक्दो मद्दत गरेकामा आभार व्यक्त गरेका छन् । 

भारतले गत मे १६ देखि विभिन्न देशमा अलपत्र परेका भारतीय नागरिकको हवाई उद्धार शुरु गरेको थियो । दोस्रो चरणमा भारतले ४० वटा मुलुकमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन १४९ वटा उडान भर्ने योजना बनाएको भारत सरकारले जनाएको छ ।(रासस/एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.