तृष्णा : भगिरथ पौडेल - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 May 2020

तृष्णा : भगिरथ पौडेल

भगिरथ पौडेल
छैनौ तिमी बांचू कान्छा कसोरी ।
एक्लै भाको मृग तिष्णा जसोरी ।
ढुक् ढुक् गर्दै बित्नथाल्यो जवानी ।
अब हांसो हांसू क्यारी भवानी ।
अधेरिमा आउने लाजै नमानी ।
कोहुन् तिनी लौन भन्देउ भवानी ।
मेरि कान्छी भन्ने सङ्कै नमानी ।
दिउकिक्याहो जस्तो लाग्छ जवानी ।
उन्कै लागी सांचेकी म जवानी ।
कोइ खोसेर खान्छ कित् भवानी ।
आज मेरा आंसु भेल बगाई ।
हिड्यौ कान्छा किन दोष लगाई ।
कस्लाइ सुम्पू सांचेको यो जवानी ।
दिउंम कस्लाई लौन भन्देउ भवानी ।
मेरा कान्छा सम्झना त गरेहै ।
कान्छि पक्कै आउंछे ढुक्कै परेहै ।
तिम्रैलागी सांचेको यो जवानी ।
जान्छु भेट्न जानदेउहै भवानी । 

(भगिरथ पौडेल)
गैडाकोट-१३ बेल्डिहा

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.