दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफल - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफल

काठमाडाैँ,  ५ जेठ : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करणकाे उपविजेता हुनुभएको छ । उहाँ केही समयअघि उत्कृट पाँचमा पर्नुभएको घोषणा गरिएको थियो। 

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थर गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । 

कुनै पनि नेपालीले यस किसिमकाे विश्व चर्चित रियालिटी साेमा यसअघि साे उपाधि पाउनुभएकाे थिएन । यसअघि देवेश पाेखरेललाई अमेरिकन आइडलको उपाधि दावेदारका रूपमा हेरिए पनि जस्ट साम नामकी अमेरिकी युवतीले जित्न सफल हुनुभएकाे छ । अन्तिम प्रस्तुतिमा दुई वटा गीत गाउनुपर्नेमा दिवेशले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाउनुभएकाे थियाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.