प्रधानमन्त्री मोदीद्वारा राजिव गान्धीलाई श्रद्धाञ्जलि - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 May 2020

प्रधानमन्त्री मोदीद्वारा राजिव गान्धीलाई श्रद्धाञ्जलि

नयाँ दिल्ली, ८ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिनुभएको छ । आज राजिव गान्धीको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीलाई आफ्नो ट्वीटर अकाउन्टमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उहाँले ट्वीटरमा लेख्नुभएको छ– आज स्वर्गीय राजिव गान्धीको स्मृति दिवसका अवसरमा म भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । चालीस वर्षमा प्रधानमन्त्री बन्नुभएका राजिव गान्धी भारतका सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुनुहुन्छ ।

उहाँकी आमा तथा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८४ मा भएको हत्यापछि राजिव गान्धी भारतको प्रधानमन्त्री हुनुभएको हो ।प्रधानमन्त्री राजिव गान्धीको पनि हत्या भएको थियो । 

सन् १९९१ मे २१ मा भारतमा आमनिर्वाचनको अभियानका क्रममा भारतको तमिलनाडु राज्यमा लिबरेसन टाइगर्स् अफ तमिल इलम (एलटिटिइ) ले आत्मघाती बम हमला गरी उहाँको हत्या गरेका थिए ।(रासस–एएनआई) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.