मेरो राष्ट्रवाद - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

मेरो राष्ट्रवाद

जनार्दन पौडेल
 मेरो राष्ट्रवादले पटक पटक
पुरानोढड्डाको धुलो टक्टक्याउनेबिचार गर्यो
हरेक पटक राष्ट्रीयताको नाराबोक्यो 
तर
यसपटक साच्चै ढड्डा पल्टाएको छ
खुट्टा नडगमगाईकन
यसपटक आँट गरेको छ
सुगौलि सन्धी हेरेको छ
लिम्पियाधुरा लिपुलेक कालापानिखोजेको छ
टि्ङकर भञ्जाङ नावि र कुटीदेखेको छ
कागजमै भएपनि आफ्नो सिमानाफर्काएको छ 
आशा पलाएको छ
तर
विवाह दर्ताको पुर्जा एउटा सँग
स्वास्नी अर्कैसँग नहोस् 
निडर भएर अदम्य साहास लिएर
अटल संकल्प बोकेर
राष्ट्रीयताले ह्दय भरेर
मैदानमा उतर्नुपर्छ
कस्ले के गर्यो हैन 
मैले के गर्नुपर्छ हेक्का राखेर 
कागजमा हैन कब्जामा राख्नुपर्छ 
चार किल्ला बाध्नुपर्छ
लिम्पियाधुरामा गोर्खालि क्यापबनाएर
कालापानिको पानिले सिंचित गरेर
लिपुलेकमा फापर फलाएर
टि्ङकर भञ्जाङमा बसेर खानुपर्छ 
तर
कहिले हुरी आउछ
कहिले बतास
महिषासुर नाच्न खोज्छ 
तर
यसपालि कहिल्यै नउडाउनेगरी 
कहिल्यै नउखेल्लिने किल्लागाड्नुपर्छ
मेरो सगरमाथा कुच्ने खुट्टाभाच्नुपर्छ
लुम्बिनीमा ढुक्ने गिद्धे आँखाफुटाउनुपर्छ
मेरो देशको शान्त तलाउमा मुन्टोघुसाउने बकुल्लाहरूको 
घाटी निमोट्नुपर्छ
स्वभिमानी नेपाली
बिर गोर्खाली 
फेरी एकपटक चिनाउनुपर्छ 

जनार्दन पौडेल 
देवचुलि-१३ दलदले नवलपुर

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.