काठमाडाैँ, ४ जेठ : सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । साे कुराकाे जानकारी नेपाल सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी गराउनुभयाे ।
मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउन जेठ २० गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभयो । यस्तै सरकारले क्वारेन्टाइमा बसेका मानिसलाई पनि श्रमसँग जोड्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताउनुभयो । उनीहरु लामो समय क्वारेन्टाइनमा बस्दा श्रमशक्ति बढाउन सुरक्षित रुपमा कसरी श्रममा जोड्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।
साथै नेपालीको रोग प्रतिरोधी क्षमता बढाउन जडीबुटीजन्य औषधिको प्रयोगमा प्रोत्साहित गर्ने तथा योग तथा व्यायाम जस्ता कुरामा प्रोत्साहन गर्ने विषयमा छलफल गर्नु पर्ने निश्कर्ष निकालेको र यसलाई आगामी दिनमा छलफल गरिने बताउनुभयो ।
आज सिंहदरबारमा बसेको बैठकले कोरोनाको रोकथामका लागि लकडाउनको उपादयता भएको उल्लेख गर्दै यसलाई थप व्यबस्थित र कडाइ गर्न सिफारिस गरेको थियो ।
त्यस्तै जथाभावी रुपमा गरिएका थुनछेक अवरोध हटाउने र सबै स्थानमा प्रहरी परिचालन गनु पर्ने तथा आपूर्ति ब्यबस्थालाई थप व्यबस्थित गर्ने जस्ता विषयमा पनि सिफारिस गरेको थियो ।
यस्तै स्थानीय स्तरमा क्वारेन्टाइन थप्न पनि बैठकले सिफारिस गरेको थियो ।
कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र सङ्क्रमित दुईजनाको ज्यान गएकाले लक डाउन लम्ब्याउन उपयुक्त भएको बताइएको छ ।
सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, फेरि थपेर वैशाख ३ गतेसम्म, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ गतेसम्म र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउन थपिएको थियो ।

No comments:
Post a Comment