त्रुटिपूर्ण नक्सा प्रयाेग नगर्नुहाेस्ः मन्त्री अर्याल - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

त्रुटिपूर्ण नक्सा प्रयाेग नगर्नुहाेस्ः मन्त्री अर्याल

काठमाडाैँ, ६ जेठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले मङ्गलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘नेपाल सरकार मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ, तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही सामाजिक सञ्जालमा त्रुटिपूर्ढा नक्सा प्रयोग नगरी दिनुहुन विनम्र अनुरोध गर्दछु ।’

सोमबार मन्त्रिपरिषदको बैठकले नेपालको परिमार्जित नक्सा पारित गरेको हो । नेपालको हाल चल्तीको नक्सामा नसमेटिएको र भारतले आफ्नो दावी गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटिएको नक्सा अब नेपालको राजनीतिक तथा प्रशासनिक प्रबन्धहरुमा प्रयोगमा ल्याइने सरकारका प्रवक्ता तथा अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले दिनुभएको छ ।

यद्यपि नेपाल सरकारले नेपालको परिमार्जित नक्सा भने सार्वजनिक गरिसकेको छैन । यहीबिच सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा भने नयाँ नक्सा प्रयोग भइरहेको देखिन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.