लकडाउनलाई निरन्तरता दिइने - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 May 2020

लकडाउनलाई निरन्तरता दिइने

काठमाडौँ, २४ वैशाख : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

प्रधानमन्त्री कार्यालय बालुवाटारमा मंगलबार  बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पनि कति दिन थप्ने भन्ने विषयमा बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ । 

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको सङ्क्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जीउज्यानको सुरक्षा गरी सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।” 

बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.