नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति

नयाँ दिल्ली, ६ जेठ : भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ । 

सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन गर्न अनुमति दिइने भएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो । 

अधिकांश कर्मचारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्नेगरी सञ्चालनको अनुमति दिन लागिएको उहाँले बताउनुभयो । 

निजी कार्यालयहरुलाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि अनुमती दिइने भएको छ, तर उनीहरुले अधिकांश कर्मचारीलाई घरबाटै काम गर्न प्रेरित गर्नुपर्नेछ, उहाँले भन्नुभयो । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्रीय राजधानी दिल्लीमा उपलब्ध मजदुरहरुलाई मात्रै परिचालन गरेर निर्माण कार्यहरु अगाडी बढाउन पनि सकिने जानकारी दिनुभयो । 

नियन्त्रित क्षेत्रमा भने यस्ता कुनै पनि गतिविधि गर्न प्रतिवन्ध लगाइएको पनि मुख्यमन्त्री केजरीवालले बताउनुभयो । 

केन्द्रीय गृह मन्त्रालयले आ आफ्नो क्षेत्रलाई ग्रिन, ओरेन्ज र रेड जोन घोषणा गरेर त्यही अनुसारको लकडाउनलाई कार्यान्वयन गर्न प्रदेश सरकारहरुलाई अधिकार दिएको छ ।

भारतमा अहिले लागु भएको चौथो चरणको देशव्यापी लकडाउनलाई खुकुलो बनाउने केन्द्रीय निर्णय अनुसार कतिपय ठाउँमा अवस्था हेरेर लकडाउनको स्वरुपमा परिवर्तन गरिएको छ । (रासस/एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.