काँग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

काँग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक

काठमाडौँ, ७ जेठ : नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ एप र वेब एप सार्वजनिक गरेको जनाएको छ । 

नेपालमा काँग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत र पार्टीका नेपाली जनसम्पर्क समिति रहेका ३५ विभिन्न देशमा सभापति एवं संयोजकले उक्त एप सार्वजनिक गर्नुभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सार्वजनिक गर्ने कार्यक्रममा इजरायल, बेल्जियम, संयुक्त अधिराज्य, संयुक्तराज्य अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलेण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलेण्ड, भारत, चीन, रोमानिया र माल्टालगायतमा रहेको काँग्रेस जनसम्पर्क समितिका सभापति र संयोजकले भाग लिनुभएको थियो । 
रेस्क्यु नेपाली’ नामको सो एपको उद्देश्य नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण सङ्कलन गर्ने रहेको छ । साथै एपले अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्याङक सङ्कलन गर्नेछ । एपले सङ्कलित तथ्याङ्क वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने लक्ष्य राखेको उहाँले बताउनुभयो । एपमा व्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सकिने व्यवस्था गरिएको छ ।

एपमार्फत व्यक्तिको पहिचान र सम्पर्क, राहतको अवस्था, हालको अवस्थामा व्यक्तिगत या पारिवारिक योजना, नेपाल फर्कन चाहनुको कारण, नेपाल फर्कने निश्चित योजना, नेपालको ठेगाना, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्रलगायत विषयका विवरण सङ्कलन गरिने काँग्रेसले जनाएको छ । विश्वव्यापी रूपमा गरिने तथ्याङ्क र विवरणको एक साताको सङ्कलनपश्चात् उद्धार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकारसमक्ष रचनात्मक सुझाव र उद्धारको दबाबका साथ प्रस्तुत गरिने प्रवक्ता शर्माले बताउनुभयो । सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स नेपालका पूर्वमहासचिव दिपेश विष्ट नेतृत्वमा शशाङ्क श्री न्यौपाने, अशोक श्रेष्ठ, नारायण जोशी र अमित सोनार सम्मिलित टिमले सो एप निर्माण गरेको हो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.