आज १७ जना थपः सङ्क्रमित पुगे ४४४ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 May 2020

आज १७ जना थपः सङ्क्रमित पुगे ४४४

काठमाडौँ, ८ जेठ : कोरोना भाइरसको संक्रमण आज थप १७ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप सङ्क्रमण देखिएको बताउनुभयो । आज नयाँ थपिएसँगै सङ्क्रमित ४४४ पुगेका छन् । 

नयाँ सङ्क्रमितमा झापाका १५ तथा धनकुटा र सुनसरीका एकएक छन् । उहाँका अनुसार झापा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला छन् । बुधबार २५ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ४५ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् । सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य छ । ती स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.