आज थप ५३ जनामा काेराेना सङ्क्रमण, नेपालमा कुल सङ्क्रमित सङ्ख्या ३५७ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

आज थप ५३ जनामा काेराेना सङ्क्रमण, नेपालमा कुल सङ्क्रमित सङ्ख्या ३५७ पुग्याे

काठमाडौँ, ५ जेठ :
कोरोनाभाइरस (कोभिड–१९) काे पछिल्लाे परीक्षणअनुसार आज थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ । 

बाँके जिल्लामा ४६, धुलिखेलमा चार, मोरङ र भैरहवामा एक एकजनालाई संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ । 

सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । सङ्क्रमित ५३ मध्ये बाँकेमा एकजना महिलालाई पनि सङ्क्रमण भएको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ । 

योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको मन्त्रालयले जनाएकाे छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.