थप १८ जनामा काेराेनाभाइरस सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

थप १८ जनामा काेराेनाभाइरस सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुग्यो

काठमाडौँ, ५ जेठ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु, बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरान, भेरी अस्पताल नेपालगञ्ज तथा काेसी अस्पताल, विराटनगरमा गरिएकाे परीक्षणकाे पछिल्लाे नतिजाअनुसार थप १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । थप सङ्क्रमितहरूमा धनुषानिवासी दुइ पुरूष, खाेटाङ हलेसीनिवासी एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ । 

सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.