काठमाडाैँ, ८ जेठ : पछिल्लो परीक्षण परीणाम अनुसार आज थप ९ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । याेसँगै संक्रमितकाे संख्या ४५३ पुगेकाे छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकाेटाले दिनुभएकाे हाे ।
रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएकाे छ । यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि थियो ।
यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो ।
यस्तै कोरोनाबाट तीन जनाकाे मृत्यु भएकाे छ । सिन्धुपाल्चोक, बाँके र गुल्मीका १–१ जनाको मृत्यु भएको हाे ।
No comments:
Post a Comment