काठमाडाैँ, १० जेठ : आज थप ३६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या ५८४ पुगेकाे छ ।
शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताउनुभयाे । पछिल्लो पटक बाँकेका २७ जना, बैतडीका चार जना, सुर्खेतका तीन जना तथा झापा र बर्दियाका एक/एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म ४० जिल्लाका पाँच सय पाँच जना पुरूष र ७९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण हालसम्म नेपालमा तीन जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भई घर फर्किएका छन् ।
हालसम्म नेपालमा कूल ४५ हजार नौ सय ९७ जनाको पिसीआर तथा ८६ हजार दुई सय ३५ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार भार सय ९४ जनाको पिसिआर र चार हजा एक सय १९ जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी देशका विभिन्न स्थानमा ३२ हजार पाँच सय ८७ जना क्वारेन्टाइनमानमा रहेका छन् भने पाँच सय आठ जना विभिन्न अस्पतालमा रहेको अईसोलेसन वार्डमा रहेका छन् ।
No comments:
Post a Comment