प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 May 2020

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुग्यो

जनकपुरधाम, ११ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुगेको छ । यस प्रदेशमा छ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोरोनासम्बन्धी तथ्याङ्कलाई उद्धृत गर्दै सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

यस प्रदेशमा थपिएका छ जना पुरुष हुनुहुन्छ । सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ घर भई बाराको कलैया उपमहानगरपालिकामा बस्दै आएका ४८ वर्षीय, रौतहट जिल्ला स्थायी घर भई कलैया बस्दै आएका ३२ वर्षीय, पर्सा स्थायी घर भइ हाल कलैया बस्दै आएका ३४ वर्षीय र कलैया–१६ का ३२ वर्षीय साथै वीरगञ्जका २५ वर्षीय र वीरगञ्ज–१६ को नगबा बस्ने ६० वर्षीय व्यक्ति हुनुहुन्छ । 

वीरगञ्जका यी दुईमध्ये एकजनालाई क्न्ट्याक्ट ट्रेसिङको आधारमा र एकजना भारतबाट आउनु भएका थिए । दुवै जनालाई वीरगञ्जको त्रियुद्ध क्वारेन्टाइन बस्दै आएका थिए । यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले क्वारेन्टाइनको सङ्ख्या पनि थपिँदै गइरहेको छ । 

यस प्रदेशमा २६४ वटा क्वारेन्टाइनमा १२ हजार ९१८ श्यया रहेको छ । यतिखेर, नौ हजार २२० जना क्वारेन्टाइनमा, पाँच हजार २९६ जना होम क्वारेन्टाइनमा र आइसोलेशनमा १७३ जना बसेका छन् । यस प्रदेशमा आइसोलेशन श्ययाको सङ्ख्या ४८१ रहेको छ । यस प्रदेशमा आजसम्ममा आठ हजार २५४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा ६ हजार १२० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार ५९६ जनाको रिपोर्ट आउन बाँकी छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.