बर्दियामा ५५ जनाको स्वाब संकलन - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

बर्दियामा ५५ जनाको स्वाब संकलन

राजापुर, ५ जेठ : बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको सम्पर्कमा रहेका ५५ जनाको स्वाब संकलन गरिएको छ संक्रमितका परिवारका २२ र सम्पर्कमा रहेका ३३ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।

गुलरियामा कसैलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । स्वाब संकलनको नतिजा बाहिर नआएसम्म गाउँका सबैलाई घरभित्र बस्न र अत्यावश्यक परे सुरक्षाकर्मीको अनुमतिमा मात्रै निस्कन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.