परासी, ६ जेठ : ठूलो परिमाणको लागुऔषधसहित नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा सशस्त्र प्रहरीले एक युवकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ का २७ वर्षीय जोगेन्द्र हरिजन छन् ।
प्रतापपुर गाउँपालिका–४ पाचपेडा र सरावल गाउँपालिका–७ भुजहवाको सीमामा पर्ने खजुरा खोलाको किनारा हुँदै भारतबाट लुकिछिपी नेपाल आउँदै गरेका अवस्थामा सशस्त्र प्रहरी हवल्दार श्रीकृष्ण चौधरी नेतृत्वमा खटिएको टोलीले हरिजनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो । अभियुक्तलाई आवश्यक कारवाहीका लागि लागुऔषधसहित जिल्ला प्रहरी कार्यालयमा पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।(रासस)

No comments:
Post a Comment