विदेशबाट फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै गाउँपालिका - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 May 2020

विदेशबाट फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै गाउँपालिका

स्याङ्जा, १० जेठ : फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली सङ्कलन गर्न शुरु गरेको छ । कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्याङ्क सङ्कलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल आउन चाहने गाउँपालिकाबासीको तथ्याङ्क सङ्कलन गरिएको र अहिलेसम्म ४०० बढीले आवेदन दिइसकेको बताउनुभयो । 

विदेशबाट फर्किएकालाई युवा स्वरोजगार बंैकमार्फत रोजगारी दिने योजनामा गाउँपालिका रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । सुवेदीले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्किएका समूहमा काम गर्न चाहने युवाको समूहलाई रु पाँच लाखसम्म बिनाधितो ऋण दिन्छौँ ।” युवालाई गाउँमै राख्न सक्ने अवस्थाको निर्माण नहुँदासम्म देशको विकास सम्भव नभएको बताउँदै जतिसक्दो गाउँघरमै रोजगारी सिर्जना गर्ने अभियानमा गाउँपालिका रहेको सुवेदीले बताउनुभयो । 

कृषि, पशुपालन र घरेलु उद्योग गर्न चाहने युवाहरुको समूहलाई बिनाधितोमा ब्याज तिर्नु नपर्ने गरी लगानी गरिने सो रकम किस्ताबन्दीमा पाँच वर्षसम्म फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.