करेन्टबाट मृत्यु र घाइते - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 May 2020

करेन्टबाट मृत्यु र घाइते

लम्की, ११ जेठ : कैलालीमा करेन्ट लागेर युवकको ज्यान गएको छ । घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय जवरसिंह चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरी गौरीगङ्गा नगरपालिका–१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आउनुभएको थियो । इँटाभट्टा नजिकै उनीहरु डेरा गरी बस्ने घरमा काम गर्ने क्रममा आज बिहान तार सर्ट भइ करेन्ट लागेको प्रहरीले जनाएको छ । 

चौधरीलाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा नवरसिंहको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उनीसँगै करेन्ट लागेर घाइते भएका सुजनको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.