बुबाको हत्या गर्ने छोरी पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

बुबाको हत्या गर्ने छोरी पक्राउ

मङ्गलबारे, ६ जेठ  : बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाम सन्दकपुर गाउँपालिका–३ स्थायी घर भइ माइत देउमाई नगरपालिका–६ शान्तिडाँडामा बसोबास गर्दै आएकी सुष्माले घरायसी निहुँमा बुबाको हत्या गरेको बताइएको छ । सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मङ्गलबारेको संयुक्त टोलीले खोज तथा अनुसन्धान गरी आजै सुष्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलबाट दक्षिणतर्फको जङ्गलमा लुकेर बसेकी उनलाई प्रहरीले पक्राउ गरको छ । उनको साथबाट बञ्चरोसमेत नियन्त्रणमा लिइएको छ । सुष्मालाई जिल्ला प्रहरी कार्यालय इलामबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.