लोपोन्मुख तामे सालक मृतावस्थामा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

लोपोन्मुख तामे सालक मृतावस्थामा

गोरखा, ६ जेठ  : गोरखाको पालुङटार नगरपालिका–१० को मिरकोटमा मृतावस्थामा सालक भेटिएको छ । स्थानीय देउराली सामुदायिक वनमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो ।

स्थानीयवासीले मृत सालकको खपटा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई जानकारी गराएपछि सालक मृतावस्थामा भेटिएको बारे वन कार्यालयमा जानकारी आएको उहाँले बताउनुभयो । “मृतावस्थामा फेला परेको तामे सालक विश्व संरक्षणको लोपोन्मुख जनावरको सूचीमा पर्छ”, उहाँले भन्नुभयो, “घटनास्थलमा उपलब्ध भएको करिब १५० ग्राम खपटा सङ्कलन गरी वन कार्यालयमा प्रतिवेदन आएको छ ।”

सालक कालगतिले मरेको उहाँले बताउनुभयो । “फेला परेको सालक पूरै सडेको र खपटामात्र बाँकी रहेको अवस्था थियो”, उहाँले भन्नुभयो । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने पौड्यालको भनाइ छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.