दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 May 2020

दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’

भोजपुर, १० जेठ : अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सिल गरेको हो । 

प्रतिबोरा रु ७८५ मूल्य पर्ने युरिया मल रु दुई हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल सिल गरेको हो । भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिए पनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ । अनधिकृत खरिद गरेर महँंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । 

प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मलमात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका प्रमुख भलबहादुर राईले बताउनुभयो । वास्तविक मूल्यभन्दा रु एक हजार ४०० भन्दा बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

हुलाकका कर्मचारीसमेत रहेका भुजेलले इन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफूले प्रतिबोरा रु एक हजार ८०० ले खरिद गरेर राखेको बताउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.