सिल गरिएको कचनकवल गाउँपालिकामा चोरको बिगबिगी - pharaksandesh.com

मुख्य समाचार


Saturday, 23 May 2020

सिल गरिएको कचनकवल गाउँपालिकामा चोरको बिगबिगी

झापा, १० जेठ: कोरोना भाइरसको सङ्क्रमितहरू फेला परेपछि सिल गरिएको झापाको कचनकवल गाउँपालिकामा चोरको बिगबिगी बढेको छ । यस गाउँपालिकामा विगत केही हप्तादेखि चोरीका घटना बढ्न थालेका हुन् ।

कचनकवल गाउँपालिका–२ पथरिया, पुरानो बजारस्थित राजन यादवको विद्युतीय उपकरणको दोकानमा गए राती मात्र चोरी भएको छ । राती १२ बजेदेखि बिहान ८ बजे बिचमा करिब ३ लाख नेपाली रुपैयाँ बराबरको चोरी भएको पीडित यादवले बताउनुभएको छ ।

पीडित यादवका अनुसार उहाँको सटरको चाबी फुटाइ दुई ल्यापटप, करिब २२ थान मोबाइल, करिब ६० हजार बराबरको घडी, २० हजार बराबरको मोबाइल ब्याट्री, चार्जर, अन्य टर्च लगायतका विद्युतीय उपकरण साथै नगद १६ हजार चोरी भएको हो ।

केही हप्ताअघि घेरा बारीमा एक हल राँगासहित भैँसी पनि चोरी भएको थियो जसमा भैँसी भारत नेपाल सीमाबाट पक्राउ गरेर फिर्ता ल्याइएको थियो ।

घेरा बारीमा नै चोरी गर्ने क्रममा थाहा भई हो हल्ला गर्दा भाग्ने क्रममा भारतीय चोर पनि समातिएको थियो तर उनीहरूलाई भारतीय प्रहरीको जिम्मा लगाइएको थियो । त्यो अगाडि पनि वडा नं ६ डुबडुबीमा पनि बस्तुभाउ चोरी भएको थियो । पर्याप्त सुरक्षा कर्मी नहुनु, मानिसमा कोरोना त्रास उत्तिकै बढिरहेको यो अवस्थामा चोरिएको घटना दिनानुदिन थपिनुले स्थानीय चिन्तित भएका छन् ।

एक त भारतसँगको सिमाना अनि कोरोनाको बढ्दो प्रकोप अनि अब चोरिएको घटना, यो असहजताबाट उम्कन सबै चनाखो रहनु पर्ने स्थानीय बासी पवन कुमार लामिछाने बताउनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.