प्रदेश नं १ को छैटौँ प्रदेशसभा बैठक आगामी जेठ १४ गते - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

प्रदेश नं १ को छैटौँ प्रदेशसभा बैठक आगामी जेठ १४ गते

विराटनगर, ६ जेठ : प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको छैटौँ बैठक यही जेठ १४ का लागि आज आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख अधिकारीले प्रदेशको छैटौँ तथा बजेट अधिवेशन यही जेठ १४ गते दिउँसो २ बजेका लागि आह्वान गर्नुभएको प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारले उक्त प्रदेशसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.